सूचनाको शक्ति - The Power Of Information

        

गर्भवतीले खानै नहुने सात कुरा

१. काँचो माछा र नपकाएका मासु – माछा कम्तीमा पनि १४५ डिग्रीको तापक्रममा पकाएको हुनुपर्छ । राम्ररी नपकाएका मासु र कुखुरा पनि खानुहुन्न ।

२. मर्क्युरी – यो शिशुको स्नायु प्रणाली विकासका लागि खतरनाक मानिन्छ । मर्क्युरी बढी पाइने माछाहरु स्वर्डफिस, सार्क, टाइलफिस सेवन गर्नुहुन्न । टुना, साल्मन, क्याटफिस, पोलोक माछामा भने कम मक्र्युरी हुन्छन् ।

३. क्याफिन – गर्भवतीले दैनिक २ सय मिलिग्रामभन्दा बढी क्याफिन खानुहुन्न । एक कप कफीमा ९५ एमजि क्याफिन हुन्छ भने एक कप चियामा ४७ एमजि क्याफिनको मात्रा हुन्छ ।

४. अल्कोहल – अल्कोहलले पनि भर्खर विकास हुँदैं गरेका शिशुको दिमागलगायतका अंगलाई क्षति पु¥याउँछन् । यसले गर्दा पछि बच्चा मानसिक रुपमा अपांग भएर जन्मने सम्भावना हुन्छ ।

५. नपखालिएका तरकारी – राम्ररी नपखालिएका तरकारीमा टोक्सोप्लाज्मा नामक परजीवी हुन्छन् । यसका कारण टोक्सोप्लाज्मोसिस हुने भएकाले यो शिशुका लागि हानिकारक हुन्छ । त्यसैले तरकारीलाई साबुनपानीले होइन, ब्रसले पानीमा पखाल्नुपर्छ । यस्तै, ब्याक्टेरिया हुन सक्ने भएकाले तरकारीको फेद र टुप्पो पनि काट्नुपर्छ ।

६. पास्चराइज नगरिएको दूध – पास्चराइज नगरिएको दूध सेवन शिशुका लागि हानिकारक हुन सक्छ । त्यसैले पास्चराइज गरिएको दूधमात्र पिउनुस् । दूधलाई उमालेर पास्चराइज गरिन्छ ।

७. धूम्रपान – गर्भवतीले मात्र नभइ स्वास्थ्यका लागि कसैले पनि धूम्रपान गर्नु हुँदैन । गर्भवतीले धूम्रपान गर्ने व्यक्तिको छेउछाउ पनि बस्नुहुँदैन ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार ०७:२५

लोकप्रिय