२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

नेप्से २.७३ अंकले घट्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत २२ गते बिहीबार

सेयर बजारमापक नेप्से परिसूचक ०.१३ प्रतिशतले घटेको छ । बिहीबार नेप्से २.७३ अंकले घटेर २००४.०५को विन्दुमा पुगेको हो ।

आज ३०२ धितोपत्रको ६९ लाख ६३ हजार ३५९ कित्ता सेयर तीन अर्ब तीन करोड ७२ लाख ६७ हजार ३०७ रुपैयाँमा किनबेच भएको छ ।

१३ वटा उपसमूहमध्ये आठ वटाको समूहगत सूचक घटेको छ । पाँचवटाको समूहगत सूचक बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस दिन मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । पिपुल्स पावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ७.२४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २०८० चैत २२ गते बिहीबार