सूचनाको शक्ति - The Power Of Information

        

शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

कोलकाता नाइट राइडर्स बुधबार रातिको खेलमा दिल्ली क्यापिटलमाथि १०६ रनको शानदार जित निकाल्दै इन्डियन प्रिमियर लिग (आईपिएल)को शीर्ष स्थानमा उक्लिएको छ।

टस जितेर सुरुमा ब्याटिङ गरेको कोलकाताले दिल्लीलाई २७३ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा दिल्ली कमजोर सावित भयो। उसले १७.२ बलमा सबै विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो।

वीडीसीए क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २७२ बनाएको थियो।

कोलकाताका लागि सुनील नारायणले सर्वाधिक ८५ रन बनाए। ३९ बल खेलेका उनले ७ चौका र ७ छक्का प्रहार गरे। अंगकृष रघवंशीले २७ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन बनाए।

बिहीबार आईपिएल अन्तर्गत गुजरात टाइटन्स र पञ्जाब किंग्सको खेल हुँदैछ। यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार ०८:१७

लोकप्रिय