सूचनाको शक्ति - The Power Of Information

        

राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ

 गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि पक्राउ गरिएको प्रहरीले  जानकारी दियो ।

तीन कलाकारबाहेक उनीहरूसँगै अन्य पाँचजना पनि पक्राउ परेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार ०८:०६

लोकप्रिय