सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जबाट १० लाख बढीको अवैध कपडा बरामद

नेपालगन्जबाट बाँके प्रहरीले भन्सार छलीको करिब साढे १० लाख रुपैयाँको अवैध सामग्री बरामद गरेको छ।

नेपालगन्जस्थित वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले भन्सार छली गरेर नेपालगन्ज-७ गगनगन्जमा रहेको असरफ अन्सारीको घरमा एक व्यक्तिले भाडा लिएर भण्डारण गरेर राखिएको अवस्थामा आज बिहान १० लाख ४३ हजार रुपैयाँ बराबरको लत्ताकपडासहित ठूलो परिमाणमा भिटामिन औषधि बरामद गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

बाँके प्रहरीका अनुसार बरामद गरिएको सामग्रीहरुमा ४४३ थान कुर्ता सुरुवाल र Gintop Capsule (Vitamin) ३ हजार पत्ता रहेका छन् ।

प्रहरीले बरामद गरेका सबै अवैध सामग्रीलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार १६:३५

लोकप्रिय