सूचनाको शक्ति - The Power Of Information

        

गृह मन्त्रालयद्वारा ९ जना उपसचिवहरूको सरुवा

गृह मन्त्रालयले ९ जना उपसचिवहरूको सरुवा गरेको छ ।

मन्त्रालयद्वारा जारी सूचना अनुसार बुधबारको निर्णयअनुसार द्वितीय श्रेणीका उपसचिवहरूको पदस्थापन, सरुवा र काजमा खटाइएको हो ।

निर्णयअनुसार गृह मन्त्रालयमा कार्यरत उपसचिव विजया कुमारी प्रसाईंलाई ईलाका प्रशासन कार्यालय साँखुमा सरुवा गरिएको छ । त्यस्तै, मन्त्रालयमा रहेका अर्का उपसचिव शिवराज सेढाईलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको निर्देशकका रूपमा सरुवा तथा पदस्थापन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय भोजपुरमा रही हाल गृह मन्त्रालयमा काजमा रहेकी मनिता श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको वरिष्ठ अध्यागमन अधिकृतका रूपमा सरुवा गरिएको छ ।

ईलाका प्रशासन कार्यालय साँखुमा कार्यरत उपसचिव सीता परियारलाई पनि अध्यागमन कार्यालयमा वरिष्ठ अध्यागमन अधिकृतका रूपमा सरुवा गरिएको छ ।

Transfer_List_2080_12_21

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार १६:२८

लोकप्रिय