नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।
लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यसअघि सोमबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ३१ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।
आज सुन प्रतितोला एक लाख ३३ हजार रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार चार सय रूपैयाँ बढी हो।
मंगलबार भने सुनको भाउ प्रतितोला चार सय रूपैयाँ घटेको थियो। मंगलबारको तुलनामा भने सुनको भाउ प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३३ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३२ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३१ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३० हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो।
बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार छ सय १० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
मंगलबार चाँदी प्रतितोला एक हजार पाँच सय ४५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २२ सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ