सूचनाको शक्ति - The Power Of Information

        

इण्डियन प्रिमियर लिग: बैंगलुरुमाथि लखनउको शानदार जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले बैंगलुरुलाई २८ रनले पराजित गरेको हो ।

लखनउले दिएको १८२ रनको लक्ष्य पछाएको बैंगलुरु १९.४ ओभरमा अलआउट हुँदै १५३ रन बनाएपछि खेल २८ रनले हारेको हो । यो आफ्नो घरेलु मैदानमा बैंगलुरुको लगातार दोस्रो हार हो ।

पहिला ब्याटिङ गर्दै लखनउले २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । यो लखनउको यस सिजनमा तेस्रो खेलमा दोस्रो जित हो भने रोयल च्यालेन्जर्स बैंगलुरुले चौथो खेलमा एक जित र तेस्रो हार बेहोरेको छ ।

आइपिएल अन्तर्गत आज दिल्ली क्यापिटल्स र कोलकोता नाइट राइडर्सबीच खेल हुँदै छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार ०८:०२

लोकप्रिय