सूचनाको शक्ति - The Power Of Information

        

नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ को पहिलो एकदिवसीय खेल आज

नेपाल ‘ए’ क्रिकेट टोलीले टी–२० र एकदिवसीय शृङ्खलाका लागि नेपालमा रहेको आयरल्याण्ड ‘ए’ सँग आज पहिलो एकदिवसीय खेल्दैछ ।

खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे शुरु हुनेछ । शृङ्खलाको दोस्रो खेल शुक्रवार र अन्तिम खेल आइतवार हुनेछ ।

यसअघि नेपाली टोलीसँगको टी–२० शृङ्खला आयरल्याण्डले २–१ ले जितेको थियो । नेपाल ‘ए’ सँग खेलअघि आयरल्याण्ड ‘ए’ ले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग दुईवटा टी–२० क्रिकेट खेलेको थियो ।

दुवै खेलमा आयरल्याण्ड ‘ए’ पराजित भएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार ०७:४५

लोकप्रिय