२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

सरकारसँग आरजूले मागिन् २० लाख, स्वास्थ्य मन्त्रालयमा बील अलपत्र !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० चैत २० गते मंगलबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन परिवर्तन गरेर एमालेसँग मिलेर सरकार बनाउनुअघि कांग्रेसका मोहनबहादुर बस्नेत स्वास्थ्य मन्त्री हुँदा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं सांसद डा.आरजू राणा देउवाले माग गरेको उपचार खर्चको बील मन्त्रालयमा अलपत्र भएको छ ।

प्रधानमन्त्री प्रचण्डले अकस्मात कांग्रेससँगको सत्ता गठबन्धन तोडेर एमालेसँग गठबन्धन गर्नु केही समयअघि नेतृ राणाले हतारमा उपचार खर्च माग गर्दै उक्त निवेदन हालेकी थिइन् । तर, त्यसलाई अनुमोदन गरेर निकासा गर्ने मौका नै नपाई स्वास्थ्य मन्त्री बस्नेतले मन्त्रालयबाट बिदा हुनुपरेको थियो ।

अहिले पनि भारतको म्याक्स अस्पतालमा सल्यक्रिया गरेर बसेकी सांसद राणाले यसअघिको दिल्लीमै गरिएको उपचार खर्च माग गरेकी हुन् ।उनले त्यतिबेला उपचार गर्दा लागेको २० लाख रुपैयाँभन्दा बढीको खर्च माग गरेकी छन् । तर, सत्ता समीकरण परिवर्तन भएपछि उनको उक्त निवेदन अलपत्रजस्तै बनेको छ । कांग्रेस सत्तामा रहँदा उनकै वरिपरि देखिन चाहने कर्मचारी प्रशासनले कांग्रेस सत्ताबाट निकालिएलगत्तै उनकै बिलका बारेमा अनिर्णय तथा आलाटाल गरेर आफ्नो असलीयत देखाएको छ ।

प्रकाशित मिति : २०८० चैत २० गते मंगलबार