२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट, कतिमा भईरहेको छ कारोबार?

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत २० गते मंगलबार

नेपाली बजारमा सोमबार नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (मंगलबार) भने घटेको छ । सोमबार प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख ३१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा १ लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८० चैत २० गते मंगलबार