सूचनाको शक्ति - The Power Of Information

        

कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट, कतिमा भईरहेको छ कारोबार?

नेपाली बजारमा सोमबार नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (मंगलबार) भने घटेको छ । सोमबार प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख ३१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा १ लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार ११:५०

लोकप्रिय