सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी ऐन बेपत्ता, दुई एआइजीको पद रिक्त

नयाँ संविधान जारी भएपछि नै सरकारका अंगहरु चलायमान बनाउन लागि नयाँ ऐन कानुन बनाउनु पर्ने थियो । कतिपय महत्वपूर्ण ऐन कानुन बनेर लागु भैसकेका छन् । भर्खरै निजामती ऐन पनि संसदमा दर्ता भएको छ । तर सुरक्षा निकायको महत्वपूर्ण अंग मानिएको नेपाल प्रहरी ऐन अहिलेसम्म संसदमा पुग्न सकेको छैन ।

ऐन ल्याउनेभन्दा भन्दै एक दर्जन गृहमन्त्रीहरु बनिसक्दा पनि ऐनको मस्यौदा अहिलेसम्म गृह मन्त्रालय–कानुन मन्त्रालय र अर्थमन्त्रालय गर्दै थन्केको छ । संसदमा तत्कालै दर्ता हुने अवस्थामा छैन । जसका कारण सरकारले नेपाल प्रहरी ऐन २०१२ प्रतिस्थापन नगर्दै माथिल्लो तहका प्रहरी अधिकारीहरु घर जान लागेका छन् ।

उमेरहदका कारण उनीहरु अनिवार्य अवकाशका जान लागेका हुन् । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)द्वय सन्दीप भण्डारी र मिरा चौधरी अबको वैशाखको पहिलो साता संगठनबाट विदा हुँदैछन् । उनीहरु एआईजीको उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् । २०५१ चैत ५ गतेदेखि प्रहरी निरीक्षक पदबाट प्रहरी सेवा सुरु गरेका भण्डारी र चौधरी एकसाथ अवकाशमा जान लागेका हुन् ।

वैशाख ५ र ७ गते एआइजीको ५६ वर्षे उमेरहदका कारण अवकाशमा जान लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी नियमावली अनुसार एआइजीको पदावधि ५ वर्ष राखिएको छ भने उमेर हदका आधारमा ५६ वर्षमा अवकाश तोकिएको छ । उनीहरु उमेरहदका आधारमा अवकाशमा जान लागेका हुन् ।

एआइजी भण्डारीको जन्ममिति २०२५ वैशाख ५ र चौधरीको सोही महिनाको ७ गते रहेको छ । उनीहरुबोहक डीआइजी विकाशराज खनालसमेत वैशाख ७ मै अवकाश जाँदैछन । उनी पनि डीआइजीको ५६ वर्षे उमेरहदकै कारण अवकाशमा जान लागेका हुन् । उनको समेत २०२५ वैशाख ७ जन्ममिति छ ।

एआइजी भण्डारी प्रहरी प्रतिष्ठान महाराजगञ्ज र मिरा प्रशासन विभाग प्रमुख छन् । त्यस्तै डीआइजी खनाल गण्डकी प्रदेश प्रहरी प्रमुख छन् । उनीहरुलाई किताबखानाले अवकाशको पत्र पठाइसकेको छ । त्यसैगरी डिआइजी सुरेन्द्रप्रसाद मैनाली पनि जेठको पहिलो साता घर जाँदैछन् । उनी जेठ १० गते अनिवार्य अवकाशमा जान लागेका हुन् ।

सुदूरपश्चिमका डिआइजी उमेशराज जोशीले असार १९ गते अवकाश पाउँदैछन् । असार २१ गते पोषराज पोखरेलले अनिवार्य अवकाश पाउँदैछन् । वैशाख ७ गते रिक्त रहने दुई एआइजीमा भने जोशी र पोखरेल नियुक्त हुने सम्भवना रहेको छ । मैनाली तुरुन्तै घर जाने भएकाले उनलाई सरकारले तत्काल एआइजी नबनाउने सम्भावना रहेको प्रहरी स्रोतले बताएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार ११:२१

लोकप्रिय