सूचनाको शक्ति - The Power Of Information

        

‘ज्वाइँ साब’को ज्वाइँ बन्दै जितु नेपाल

मुन्द्रको कमेडी क्लब बन्द गरेर बसेका हास्य कलाकार जितु नेपाल सिनेमामा अभिनय गर्ने भएका छन् । चलचिध ‘ज्वाइँ साब’को मुख्य भूमिकामा कलाकार जितु अनुवन्धित भएका छन् ।

राजकुमार पण्डितको निर्माणमा तयार हुन लागेको चलचित्रमा सामाजिक कथावस्तुलाई कमेडी शैलीमा बनाइने बताइएको छ ।

वसन्त निरौलाले निर्देशन गर्ने सिनेमामा मीनादेवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ । कार्यकारी निर्माता विजय बस्याल हुन् ।

चलचित्रमा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहनेछ ।

वैशाख १५ गतेबाट छायांकनमा जाने बताएको निर्माणपक्षले  सिनेमा आउँदो वर्षको तिहारमा रिलिज हुने जानकारी दिएकाे छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार १०:३८

लोकप्रिय