सूचनाको शक्ति - The Power Of Information

        

घाँटी रेटिएको अवस्थामा भेटिएका महेन्द्रको अन्तिम स्टाटस

बाँकेको खजुरामा श्रीमान र श्रीमतीबीच भएको आपसी झगडामा दुबै जना गम्भीर घाइते भएका छन् । आपसमा हानाहान हुँदा गम्भीर घाइते भएका दुबै जनाको उपचार भइरहेको छ ।

खजुरा गाउँपालिका वडा नम्बर ३ बीगाउँका महेन्द्र रावल र श्रीमती रितासिंह ठकुरीका बीचमा घरकै कोठामा भएको हानाहानमा मासु काट्ने धारिलो हतियार ‘दाउ’ पनि प्रयोग भएको जिल्ला प्रहरी कार्यालय बाँकेले छ । धारिलो हतियारले श्रीमतीको घाँटीमा काटेको छ ।

बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले श्रीमान र श्रीमती कोठामा झगडा गरेको सूचना पाएपछि प्रहरी पुगेर ढोका फोरेर हेर्दा दुवै जना बेहोस अवस्थामा रहेकाले उपचारका लागि नेपालगञ्ज ल्याइएको जानकारी दिए ।

दुवै जनाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुबैको अवस्था गम्भीर रहेको छ ।

यस्ताे छ उनकाे स्टाटस
No description available.
माफ गर्नु होला बुवा आमा दाजु
2080/4/17 हाम्रो सामान्य झगडा भएको थियो अनि उनी माईत गएर सम्पती सहित मुद्दा दर्ता गरिन ।
तेस पछि पनि हाम्रो फोन, भिडियो कल हुन्थ्यो ।
2080/4/26 गते 2600000 लाख दिने समहती हामी छुट्ने लिखितम निर्णय भो । अनि म घरमा आए पछि मेरो र बुडु कुरा राम्रै कुरा भो .
2080/4/27 गते फेरि मलाई फोन आयो नरेन्द्र ससुरा को
छोरी मिल्ने कुरा गर्छिन भनु भो र मैले ठिकै छ म पनि मिल्छु भने ।
तेस पछि मेरो कुरा सासू संग कुरा भो ज्वाइँ म मिलाउछु १०/१५ दिन पछि म आउछु भनु भो ।
अनि 2080/5/15 गते शुक्रबार सयुत मा लालपुर्जा बनाउने
सहमती मिल्ने कुरा भो ।
सनिवार फेरि के कुरा भयो खै ।
2080/5/17 म मेरो दुईवटा अंकल लिएर गएको थिए ।
तेहा उनिहरु ले अदालत बाटै ५ कट्ठा बनाए पछि मिल्ने नभर नमिल्ले कुरा गरे अनि हामीहरु तेतिकै घर फर्किउ ।
तेस पछि घर आए मलाई उनिलाई बानाई देको सिक्री लाउछु भनेर हेरेको त नक्कली सिक्री राखेर गएकी रैछ्न ।
तेस पछि उसलाई सिम्ता जागीर लाए छ्न ।
हाम्रो कुरा हुन्थ्यो
उनिले त अचम्म कुरा गरिन !
कोहलपुर देखि यता आएसी हजुर माया लाग्छ
म अब हजुर देखि टाढै जान्छु भनिन ।
मैले भने हाम्रो मन नभत किन टाढा जानू पर्यो भनेर सम्झाए र
2080/5/11 गते म उनी बस्ने घर मा गए उनी मेरै माइजू को घर बस्ने गरेकी रैछिन 2 दिन तेहि बसे अनि उनी र म 2080/5/13 मेरो बाईक मा नेपालगन्ज आईयु ।
मैले र उनिको love ४ वर्ष थियो अनि हामिले बिहे गर्यो ।
अनि मैले ktm लिए लोकसेव पढाए । १ वर्ष ktm बसालेर पढाए ।
नेममा physical class ani कोसिस online class ।
हामीलाई मर्न बाध्य बनाउने कबिता मल्ल काईली सासू ,गणेश सिंह काईला ससुरा र सुनिता सिंह दिदी सासू ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार १७:४२

लोकप्रिय