सूचनाको शक्ति - The Power Of Information

        

दुखद खबर :

खजुरामा घाँटी रेटिएको अवस्थामा फेला परे श्रीमान श्रीमती

दुबैको अवस्था गम्भीर

नेपालगन्ज २१ मा घाँटी रेटेर एक युवकको हत्या भएको घटनाको २४ घण्टा बित्न नपाउँदै बाँकेको खजुरा गाउँपालिकामा श्रीमान श्रीमती घाँटी रेटिएको अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार सोमबार दिउँसो घरमा कोही नभएको र श्रीमान श्रीमती मात्रै रहेको बेला सो घटना भएको पाइएको छ ।

प्रहरीका अनुसार खजुरा ३ बि गाउँका अन्दाजी २५–२६ वर्षका श्रीमान महेन्द्र रावत रश्रीमती गितासिंह ठकुरीको धारिलो हतियारले घाँटी रेटेर अवस्थामा भेटिएका हुन् ।

गम्भीर अवस्थामा रहेका दुबै जनालाई इलाका प्रहरी कार्यालय धनौली खजुराबाट गएको प्रहरी टोलीले उपचारका लागि भेरी अस्पतालमा पुर्‍याएको थियो ।

उनिहरुको अवस्था गम्भीर रहेकाले भेरी अस्पतालले दुबै जनालाई नेपालगन्ज मेडिकल कलेजमा रिफर गरेको भेरी अस्पतालले जनाएको छ । उनिहरुको उपचार नेपालगन्ज मेडिकल कलेजमा भइरहेको र अवस्था गम्भीर रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले घटना रहस्यमय रहेको बताउनुभयो । उहाँका अनुसार दुबैजनाले एक अर्काको घाँटी रेटेका हुन् कि उनिहरुलाई कसैले घाँटी रेटेर हत्या गर्न खोजेको हो सो बारेमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार १७:२७

लोकप्रिय