सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्य आकासियो, प्रतितोला १ लाख ३१ हजार ६ सयमा कारोबार

चाँदी पनि तोलामा १० रुपैयाँले वृद्धि

स्थानीय बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । सोमबार सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतिलोला एक लाख ३० हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार १२:१२

लोकप्रिय