सूचनाको शक्ति - The Power Of Information

        

प्रस्तावित महालेखा परीक्षकविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

प्रस्तावित महालेखापरीक्षक तोयम रायाविरुद्ध उजुरी आह्वान भएको छ ।

सोमबार सिंहदरवारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको हो । समितिको निर्णय अनुसार १० दिनभित्र जो कोही नेपाली नागरिकले उजुरी दिन सक्नेछन् ।

आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा तोयम रायालाई सिफारिस गरेको थियो । संवैधानिक परिषदले सिफारिस गरेलगत्तै उनको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको हो ।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार १२:०२

लोकप्रिय