सूचनाको शक्ति - The Power Of Information

        

चलचित्र ‘घरज्वाइँ’को क्यारेक्टर लुक्समा यस्तो देखिए दयाहाङ र मिरुना

चलचित्र ‘घरज्वाइँ’ क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।

अनिल बुढा मगर निर्देशित चलचित्रको एउटा लुक्समा बन्दुक बोकेका अभिनेता दयाहाङ राई प्रस्तुत छन् । अर्कोमा उनी अभिनेत्री मिरुना मगरका साथ डोको बोकेर हिँडिरहेको देखिन्छन् ।

दयाहाङ र मिरुना दुवै गाउँले लुक्समा छन् ।

पूर्वी रुकुममा छायांकन गरिएको चलचित्र ‘घरज्वाइँ’को निर्माता जनक घर्ती मगर हुन् । चलचित्रमा निर्देशक अनिल बुढाको कथा, पटकथा र संवाद लेखन छ ।

असार २८ गते प्रदर्शन हुने चिलचित्रमा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु)लगायतको अभिनय छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार ०८:३९

लोकप्रिय