सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार १७ अङ्कभन्दा धेरैले घट्याे

शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ३० अङ्कले घटेर दुई हजार १८ दशमव ३३ विन्दुमा झरेको छ ।

आज निर्जीवन बीमाबाहेक सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा विकास बैंक, माइक्रोफाइनान्स र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सर्वोत्तम सिमेन्टको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेकाे छ । समग्रमा बजार घटे पनि मायाखोला जलविद्युत् आयोजनाको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लाग्यो ।

बजार घटे पनि आज कारोबार रकम बढेको छ । गएको बिहीवार दुई अर्ब ६५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ७९ लाख ५७ हजार कित्ता शेयर तीन अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सर्वोत्तम सिमेन्टको शेयर २८ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतवार १७:२७

लोकप्रिय