सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका १३ जना महिला स्वास्थ्य स्वयंसेविका ५० हजार रुपैयाँ नगदसहित बिदा भए

जिल्ला स्वास्थ्य कार्यालय बाँकेले १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई ५० हजार रुपैयाँ नगदसहित बिदाइ गरेको छ ।

६० वर्ष उमेर पुगेका स्वास्थ्य स्वयंसेविकालाई ५० हजार रुपैयाँसहित सम्मान गरेर बिदाइ गर्ने लुम्बिनी प्रदेश सरकारको कार्यक्रमअन्तर्गत उनीहरूलाई बिदाइ गरेको कार्यालयले जनाएको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले महिला स्वास्थ्य स्वयंसेविकाकाे योगदानलाई सम्मान गर्न प्रदेश सरकारले ५० हजार रुपैयाँ नगद प्रदान गर्ने नीति लिएको र यो शुरुवात भएको बताउनुभयो ।

लुम्बिनी प्रदेशमा नौ हजार महिला स्वास्थ्य स्वयंसेविका रहेकामा बर्सेनि झन्डै चार सय जनाले अवकाश पाउने गरेका छन् । सम्मानित महिला स्वास्थ्य स्वयंसेविका बीना पाण्डेले नगदसहित सम्मान गरेर बिदाइ गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अङ्गद शाहीले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा गाउँगाउँमा स्वास्थ्यसम्बन्धी जागरण ल्याउन अमूल्य योगदान गरेको भन्दै प्रशंसा गर्नुभयो ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतवार १७:२३

लोकप्रिय