२०८३ जेठ २६ , मंगलबार 9, June 2026, Tuesday

सर्वोत्तम सिमेन्टको सेयरभाउमा उच्च गिरावट

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत १८ गते आइतबार

कारोबार खुलेको दिनदेखि लगातार सातौं सर्किट लागेपछि आइतबार भने सर्वोत्तम सिमेन्टको सेयरमा उच्च गिरावट आएको छ ।

पहिलो कारोबार ५ सय ५६ रुपैयाँमा खुलेको उक्त कम्पनीको सेयरभाउ पहिलो दिन ६११.७, दोस्रो दिन ६७२.७, तेस्रो दिन ७३९.९, चौथो दिन ८१३.८ रुपैयाँ पाँचौ दिन ८९५.१, छैटौं दिन ९८४.६ हुँदै बिहीबार सातौं कारोबार दिन १०८३ रुपैयाँ पुगेर सातौं सकारात्मक सर्किट लागेको थियो । तर आज भने उक्त कम्पनीको सेयर ८ प्रतिशत भन्दा बढीले घटेर प्रति कित्ता ९९० रुपैयाँ आइपुगेको छ ।

नेप्सेमा कारोबार भएका अन्य आइपिओहरुको ट्रेन्ड हेर्दा पनि उच्च भोल्युममा कारोबार भएपछि सर्किट लाग्ने क्रममा ब्रेक हुने गरेको इतिहास छ ।

दोस्रो बजारमा कारोबार शुरु भएपछि गरिएका खरिदमै २० देखि ३० प्रतिशत नाफा हुँदा ती सेयरका साथसाथै आइपिओ होल्डरकोसमेत सप्लाई आउने हुँदा केही दिन उच्च सप्लाई हुने सम्भावना देखिन्छ ।

आज पनि कारोबार शुरु  भएको २० मिनेटमै करिब डेढ लाख कित्ता सेयर कारोबार भइसकेको छ ।

प्रकाशित मिति : २०८० चैत १८ गते आइतबार