कारोबार खुलेको दिनदेखि लगातार सातौं सर्किट लागेपछि आइतबार भने सर्वोत्तम सिमेन्टको सेयरमा उच्च गिरावट आएको छ ।
पहिलो कारोबार ५ सय ५६ रुपैयाँमा खुलेको उक्त कम्पनीको सेयरभाउ पहिलो दिन ६११.७, दोस्रो दिन ६७२.७, तेस्रो दिन ७३९.९, चौथो दिन ८१३.८ रुपैयाँ पाँचौ दिन ८९५.१, छैटौं दिन ९८४.६ हुँदै बिहीबार सातौं कारोबार दिन १०८३ रुपैयाँ पुगेर सातौं सकारात्मक सर्किट लागेको थियो । तर आज भने उक्त कम्पनीको सेयर ८ प्रतिशत भन्दा बढीले घटेर प्रति कित्ता ९९० रुपैयाँ आइपुगेको छ ।
नेप्सेमा कारोबार भएका अन्य आइपिओहरुको ट्रेन्ड हेर्दा पनि उच्च भोल्युममा कारोबार भएपछि सर्किट लाग्ने क्रममा ब्रेक हुने गरेको इतिहास छ ।
दोस्रो बजारमा कारोबार शुरु भएपछि गरिएका खरिदमै २० देखि ३० प्रतिशत नाफा हुँदा ती सेयरका साथसाथै आइपिओ होल्डरकोसमेत सप्लाई आउने हुँदा केही दिन उच्च सप्लाई हुने सम्भावना देखिन्छ ।
आज पनि कारोबार शुरु भएको २० मिनेटमै करिब डेढ लाख कित्ता सेयर कारोबार भइसकेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ