सूचनाको शक्ति - The Power Of Information

        

त्रिवि सेवा आयोग सदस्यको लागि दरखास्त आह्वान

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको रिक्त सदस्य पदको लागि दरखास्त आह्वान गरेको छ ।

सदस्य पदमा नियुक्तिका लागि नाम सिफारिश गर्न गठित समितिले ‘त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य छनोट तथा सिफारिशसम्बन्धी कार्यविधि, २०८०’ बमोजिम दरखास्त आह्वान गरेको हो ।

योग्य व्यक्तिले शिक्षा मन्त्रालयको वेबसाइटमा प्रकाशित कार्यविधिमा उल्लेखित कागजातसहित १९ देखि २८ चैतसम्म आवेदन दिन सक्नेछन् ।

शिक्षामन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा सिफारिश समिति बनेको छ । गत मंसिरमा सेवा आयोगको सदस्य पद रिक्त भएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतवार १३:५२

लोकप्रिय