सूचनाको शक्ति - The Power Of Information

        

महालेखा परीक्षकमा तोयम राय सिफारिस

महालेखा परीक्षकमा तोयम राय सिफारिस भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषदको बैठकले रायलाई नियुक्त गर्न सिफारिस गरेको हो ।

हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रहेका उनलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरिएको हो ।

लामो समयसम्म रिक्त रहेको उक्त पदमा परिषदले रायको नाम सिफारिस गरेको हो । गत जेठमा टंकमणि शर्मा सेवानिवृत्त भएको भएपछि उक्त पद रिक्त थियो ।

संसदीय सुनुवाइबाट अनुमोदन भएपछि उनलाई राष्ट्रपतिले उक्त पदमा नियुक्त गर्नेछन् ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतवार १२:०५

लोकप्रिय