सूचनाको शक्ति - The Power Of Information

        

दैलेखमा जीप दुर्घटना, पाँचजना घाइते

 दैलेखको गैरागाउँमा जीप दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।

महाबु गाउँपालिका–२, ऐराडीदेखि दैलेख सदरमुकाम जाँदै गरेको कर्णाली प्रदेश ००१ च ०३२१ नम्बरको जीप आइतबार बिहान दुर्घटनामा परेको थियो ।

दुर्घटनामा चालकसहित पाँचजना सामान्य घाइते भएको दैलेख प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतवार १२:०१

लोकप्रिय