सूचनाको शक्ति - The Power Of Information

        

नेपाल ‘ए’ले आज आयरल्याण्डविरूद्ध दोस्रो खेल खेल्दै

नेपाल ‘ए’ टिमले आयरल्याण्डविरूद्धको टी–२० सिरिज अन्तर्गत आज दोस्रो खेल खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो १ बजे सुरू हुनेछ ।

बिहीबार वर्षाका कारण खेल रद्द भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले खेल तालिका परिमार्जन गरेको थियो । सो अनुसार शुक्रबार टी–२० सिरिजको पहिलो खेल भएको थियो । पहिलो खेलमा नेपाल ‘ए’ २१ रनले पराजित भएको थियो ।

आजको खेल जित्न सके नेपाल ‘ए’को सिरिज जित्ने सम्भावना कायम रहने छ । हारेको अवस्थामा भने सिरिजको एक खेल बाँकी छँदै पराजित हुनेछ । सिरिजको अन्तिम खेल सोमबार हुनेछ ।

टी–२० सिरिज सकिएलगत्तै चैत २१, २३ र २५ गते एकदिवसीय सिरिजका खेल खेल्नेछ । क्यानले ४० जना खेलाडीबाट टी–२० र एकदिवसीय खेल्ने टिम छानेको थियो । एकदिवसीय सिरिजको कप्तानी पनि विनोद भण्डारीले गर्नेछन् ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार ०७:२२