सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० चैत १७ गते शनिवारको राशिफल

२०८० चैत १७ गते शनिवार, ३० मार्च २०२४ । चैत्र कृष्णपक्ष पञ्चमी तिथि, १७ः५० बजेपछि षष्ठी । अनुराधा नक्षत्र, १९ः०४ बजेपछि ज्येष्ठा । चन्द्रराशि वृश्चिक ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ । टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

नयाँ कामको प्रस्ताव आउने सम्भावना छ । काममा साथ दिनेहरू पनि प्रशस्त फेला पर्नेछन् । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायले मनग्य आम्दानी दिलाउनेछ । विभिन्न सहयोग र उपहार हातलागी हुने समय छ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन सकिनेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । बलभन्दा बुद्धिको उपयोगले प्रतिद्वन्द्वी परास्त हुनेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । मान–सम्मान प्राप्त हुनेछ । व्यापार बढ्नाले मनग्य धन लाभ हुनेछ । चिताएका काम सम्पादन हुनेछन् । सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सहपाठीहरू पछि पर्नेछन् । विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुहोला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग पनि सावधान रहनुहोला । केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ । प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ । कृषि तथा पशुपालनबाट सामान्य फाइदा मिल्नेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

नयाँ काम प्रारम्भ गर्ने समय छ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ । पहिले लगानी गरिएको व्यवसायमा मनग्य धनलाभ हुनेछ । मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ । कामको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । नहुने काममा बलजफ्ती प्रयत्न गर्दा नयाँखाले समस्या आउन सक्छन् । बुद्धिको उपयोग तथा सावधानीले समस्याबाट बच्न सकिनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्न सकिनेछ । नीति–नियमलाई समयमै ध्यान दिनुहोला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला । खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ । नतिजामा सुधार ल्याउन काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ । केही सहयोगीहरू पनि भेटिनेछन् । तर धेरै फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ । मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ । फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ । वैदेशिक रोजगारीमा हुनेहरूलाई फाइदा हुनेछ । खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । श्रमको उचित मूल्यांकन हुनेछ भने उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ । सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन् । प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । मिहिनेत गर्दा जीवनशैलीमा पनि परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ । समाजले पदीय जिम्मेवारी दिलाउनेछ । नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । अरूको काममा जुट्नुपरे पनि पछि फाइदा आफैंलाई हुनेछ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार ०६:१४