त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएकोबारे छानबिन गर्न विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा.डा.चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले हिजो गरेको निर्णयअनुसार उत्तरपुस्तिका हराएकोबारे विस्तृत छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न समिति गठन भएको हो ।
गएको वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (कोड न. ४२२) र शिक्षाशास्त्र सङ्कायतर्फको शिक्षाको आधार विषय (कोड न. ४१२) को उत्तरपुस्तिका हराएको थियो ।
विश्वविद्यालयले उत्तरपुस्तिका हराएका विद्यार्थीको परीक्षा आउँदो २१ गते सञ्चालन गर्ने जनाएको छ । त्यसका लागि परीक्षा नियन्त्रण कार्यालयले क्याम्पसहरुलाई निर्देशन दिइसकेको छ ।
निर्देशनको आधारमा चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस, शहीद स्मृति बहुमुखी क्याम्पस र दाङको देउखुरी बहुमुखी क्याम्पसले पुनः परीक्षा सञ्चालन हुने सूचना प्रकाशित गरेका छन ।
गएको वर्ष पनि व्यवस्थापन सङ्कायअन्तर्गत बीबीएस चौथो वर्षको एक विषयको उत्तरपुस्तिका हराएपछि पुनः परीक्षा भएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ