सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० चैत १६ गते शुक्रवारको राशिफल

२०८० चैत १६ गते शुक्रवार, २९ मार्च २०२४ । चैत्र कृष्णपक्ष चतुर्थी तिथि, १७ः३६ बजेपछि पञ्चमी । विशाखा नक्षत्र, १८ः१४ बजेपछि अनुराधा । चन्द्रराशि तुला, ११ः५६ बजेपछि वृश्चिक ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

विशेष काम गर्न बिहानको समय अनुकूल छ । अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । दिउँसोदेखि केही व्यावहारिक बाधा देखापर्नेछन् । अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । नियमित काम सम्पादन हुनेछन् ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिउँसोतिर भौतिक वस्तुहरू जुटाउन सकिनेछ । तर परिस्थितिवश यात्रा रोकिन सक्छ । काम बिग्रनाले दोहोर्याएर प्रयास गर्नुपर्ला । गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ । फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्न सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

मिहिनेत गर्दा समयमै काम बनाउन सकिनेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ । दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानीका स्रोत बढ्नेछन् । प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । पेसा–व्यवसायमा पनि राम्रो लाभ उठाउन सकिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

बिहानको समय प्रतिकूल देखिएकाले काममा हतार नगर्नुहोला । साथीभाइ टाढिनेछन् । आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

बिहानको समय लाभदायक रहनेछ । पेसा–व्यवसायमा फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला । बेसुरमा काम गर्दा दुःख पाइनेछ । आँटेको काम रोकिन सक्छ । आफ्ना काममा अरूको मुख ताक्ने बानीले पछि परिनेछ । कामको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । वादविवाद वा खर्च हुने डरले सताउन सक्छ । अर्थ अभावले सताए पनि आजको मिहिनेतले भविष्यमा भने नाम, दाम र प्रतिष्ठा दिलाउनेछ । दिउँसोदेखि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । रचनात्मक काममा जुट्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । सहयोगीहरूले प्रतिस्पर्धाको दौडमा जित दिलाउनेछन् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ने हुन सक्छ । तापनि दिगो काम सुरु गर्ने समय छ । काममा शुभचिन्तकहरूले साथ दिनेछन् । दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । आम्दानीका स्रोत बढ्नेछन् ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

बिहान खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ । दिउँसोतिर रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ । तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन् । अवसर प्राप्त भए पनि अरूको विचारमा सहमत बन्न नसक्दा काम रोकिन सक्छ । खानपानको असावधानीले स्वास्थ्यबाधा हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ ।दिउँसोदेखि सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ । बसाइमा स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ । व्यावसायिक कामले खर्च बढाउनेछ । लाभ उठाउन हतार गर्दा पछि घाटा लाग्न सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ । शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ । मेहनत गर्दा आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ । सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । चुनौतीभित्र अवसर खोज्ने समय छ । दिउँसोदेखि स्थिति अनुकूल बन्दै जानेछ । शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । मिहिनेत गर्दा सजिलै कार्यसिद्धि हुनेछ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार ०६:४२