प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो ।
विमानस्थलका प्रवक्ता सुवास झाले ‘भिजिबिलिटी’ कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार एअर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाइरहेका छन् अर्थात् ‘होल्ड’ भएका छन् ।
‘होल्ड’ मा रहेका केही अन्तर्राष्ट्रिय उडानका जहाज अवतरण हुन थालेका छन् । आन्तरिकतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भएको छैन । तराई क्षेत्रका विमानस्थलमा भने नियमित उडान भइरहेको छ ।
यसैबीच पश्चिमी वायुको प्रभावले बाग्मती, कोशी र गण्डकी प्रदेशमा निरन्तर पानी परिरहेकाे छ । देशभर बदलीसँगै केही दिन पानी पर्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाण्डाै उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसमविद् गोविन्दकुमार झाले बताउनुभयो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ