हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ७८ अङ्कले बढेर दुई हजार ३५ दशमलव ६४ विन्दुमा पुगेको छ ।
आज बैंकिङ, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, निर्जीवन बीमा, व्यापारबाहेक अरू समूहको शेयर बढेको छ । आज उत्पादन तथा प्रशोधन समूहको शेयर सबैभन्दा धेरै एक सय ७० अङ्कभन्दा धेरैले उकालो लागेको छ ।
आज हिमालय ऊर्जा विकास कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन उन्नति सहकार्य लघुवित्त र धौलागिरि लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
आज ६६ लाख १४ हजार कित्ता शेयर दुई अर्ब ६५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सर्वाेत्तम सिमेन्टकाे १९ कराेड ३७ लाख रुपैयाँकाे शेयर किनबेच भयाे ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ