सूचनाको शक्ति - The Power Of Information

        

माध्यमिक शिक्षा परीक्षा

एसईई भोलिदेखि, बाँकेमा ९ हजार २ सय ९३ जना सहभागी हुँदै

बाँकेमा ३४ वटा परीक्षा केन्द्र

बाँकेमा यो वर्ष ९ हजार २ सय ९३ जना परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदैछन् ।

शिक्षा समन्वय इकाई कार्यालयका अनुसार भोलि चैत्र १५ गतेदेखि सञ्चालन हुने एसईईमा ४ हजार ७ सय ६३ छात्र र ४ हजार ५ सय ३० जना छात्रा सहभागी हुँदैछन् । बाँकेमा ३४ वटा परीक्षा केन्द्र तोकिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकामा ९ वटा, कोहलपुर नगरपालिकामा १०, बैजनाथ, राप्तीसोनारी र खजुरा गाउँपालिकामा ४/४, डुडुवा, नरैनापुर र जानकी गाउँपालिकामा १/१ वटा केन्द्र रहेको शिक्षा समन्वय इकाई बाँकेले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार १६:०५

लोकप्रिय