सूचनाको शक्ति - The Power Of Information

        

दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम २ अर्ब २३ करोड

साताको कारोबारको तेस्रो दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।

मंगलबार दोहोरो अंकले बढेर बन्द भएको नेप्से बुधबार पुन दोहोरो अंकले घटेको हो । आज नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर २०३० दशमलव ८६को विन्दुमा पुगेको छ ।

बुधबार ३१० कम्पनीका ४४ हजार २ सय ५९ पटकको कारोबारमा ६० लाख ४७ हजार ०२१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब २३ करोड ५४ करोड ८५ लाख ५ सय ३४ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १७ अंकले घटेर ३५९ दशमलव ४६ को विन्दुमा पुगेको छ । आज हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ताहरू झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चरहरुको रहेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार १५:४१

लोकप्रिय