सूचनाको शक्ति - The Power Of Information

        

आईपीएल क्रिकेटमा आज मुम्बई र हैदराबाद खेल्दै

 इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल हैदराबादमा नेपाली समय अनुसार राति पौने ८ बजेदेखि शुरु हुनेछ ।

यसअघिको पहिलो खेलमा मुम्बई गुजरात टाइटन्ससँग र हैदराबाद कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो ।  सनराइजर्स हैदराबादको कप्तान अस्ट्रेलियाका कप्तान प्याट कमिन्स र मुम्बईको हार्दिक पाण्डेय छन् ।

गएराति भएको खेलमा साविक विजेता चेन्नई सुपर किंग्सले गुजरातलाई ६३ रनले हराउँदै लगातार दोस्रो जित निकालेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार ११:५३

लोकप्रिय