नेपाली राष्ट्रिय महिला टोलीले एसीसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेल जुलाई १९ तारिखमा पाकिस्तानसँग खेल्ने भएको छ । प्रतियोगिता जुलाई १९ देखि २८ तारिखसम्म श्रीलङ्कामा आयोजना हुँदै छ ।
एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले नेपाली टोलीलाई समेत थप गरेर खेल तालिका सार्वजनिक गरेको हो । एसीसीले अघिल्लो संस्करणको तुलनामा टोलीको सँख्या थप गर्ने निर्णय लिएपछि नेपालले प्रतियोगिता खेल्ने अवसर पाएको हो ।
आठ टोलीको सहभागिता रहने उक्त प्रतियोगितामा नेपाली टोली समूह ‘ए’ मा परेको छ । उक्त समूहमा नेपाल र पाकिस्तानका अतिरिक्त भारत र संयुक्त अरब इमिरेट्स (यूएई) पनि रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल जुलाई २१ तारिखमा यूएईसँग खेल्नेछ ।
यसैगरी नेपालले समूहगत चरणको अन्तिम खेल जुलाई २३ तारिखमा भारतसँग खेल्नेछ । प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, मलेसिया, आयोजक श्रीलंका र थाइल्यान्ड रहेका छन् ।
यसै वर्ष भएको महिला प्रिमियर कपको सेमिफाइनलमा पराजित भएका टोलीलाई पनि प्रतियोगितामा समावेश गरिएको हो । एसियाली क्षेत्रमा महिला क्रिकेटको स्तर बृद्धि गर्दै लैजाउने उद्देश्यले एसीसीले यस्तो निर्णय लिएको हो ।
यो संस्करणमा भारत र पाकिस्तानबिचको खेल भने जुलाई २१ तारिखमा खेलिने छ । प्रतियोगिताका सबै खेल डम्बुलामा खेलाइने छ । प्रारम्भिक चरणको समाप्तिपछि दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको दुबै सेमिफाइनल खेल जुलाई २६ तारिखमा खेलिने छ । फाइनल खेल भने जुलाई २८ तारिखमा खेलाइने छ ।
खेल तालिका
जुलाई १९- नेपालविरुद्ध पाकिस्तान
जुलाई १९- भारतविरुद्ध यूएई
जुलाई २०- मलेसियाविरुद्ध थाइल्यान्ड
जुलाई २०- श्रीलंकाविरुद्ध बंगलादेश
जुलाई २१- नेपालविरुद्ध यूएई
जुलाई २१- भारतविरुद्ध पाकिस्तान
जुलाई २२- श्रीलंकाविरुद्ध मलेसिया
जुलाई २२- बंगलादेशविरुद्ध थाइल्यान्ड
जुलाई २३- पाकिस्तानविरुद्ध यूएई
जुलाई २३- नेपालविरुद्ध भारत
जुलाई २४- बंगलादेशविरुद्ध मलेसिया
जुलाई २४- श्रीलंकाविरुद्ध थाइल्यान्ड
जुलाई २६- दुबै सेमिफाइनल
जुलाई २८- फाइनल
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ