भारतीय रियालिटी शो बिग बोस १७ को विजेता मुनव्वर फारुकी पक्राउ परेका छन् ।
मंगलबार अबेर राति मुम्बई प्रहरीको सोशल सर्भिस शाखाले एउटा हुक्का बारमा छापा मारेको थियो । यस क्रममा प्रहरीले स्ट्यान्डअप कमेडियन मुनव्वर फारुकी समेत १४ जनालाई समातेको थियो । प्रहरीले मुनब्बरलाई नोटिस दिएर छाडेको बताइएको छ ।
यसअघि बिग बग ओटीटी २ का विजेता एल्भिस यादव समातिएका थिए । त्यसपछि मुनव्वर पनि विवादमा आएका छन् । बारमा सूर्तीजन्य सामाग्रीको साथमा निकोटिन पनि प्रयोग भइरहेको जानकारी प्रहरीले पाएको थियो । यसबारे मुनव्वरको तर्फबाट कुनै आधिकारिक विज्ञप्ति आएको छैन । यस मामिलामा प्रहरीले थप छानबिन गरिरहेको छ ।
यसअघि पनि विवादमा आएका थिए मुनब्बर
मुनब्बर विवादमा मुछिएको यो पहिलो पटक होइन । यसअघि सन् २०२१ मा इन्दौरमा एउटा स्ट्यान्ड अप कमेडी इभेन्टको बेलामा भगवान रामबारे असंवेदनशील टिप्पणी गरेपछि उनी पक्राउ परेका थिए ।
यस मामिलामा ३५ दिनसम्म जेलमा बसेपछि मुनव्वरलाई पक्राउ गरिएको थियो । यो कान्डपछि मुनव्वर अनलाइन ट्रोलिङको शिकार भए भने कयौं शो रद्द गरियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ