सूचनाको शक्ति - The Power Of Information

        

गोवामा सकुशल फेला परिन् आरती

भारतको पर्यटकीय नगरी गोवामा सम्पर्कविहीन भएकी आरती हमाल सकुशल फेला परेकी छन् । आरती कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी हुन् । आरती सोमबारदेखि सम्पर्कविहीन भएकी थिइन् ।

ओशो साधक आरती केही महिनादेखि ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् । मेयर हमालले आफ्नी छोरीको खोजीका लागि सहयोग गरिदिन भन्दै सामाजिक सञ्जालमार्फत् नै अनुरोध गरेका थिए । आरतीको स्वास्थ्य अवस्था कमजोर रहेको बुवाले जानकारी दिएका छन् ।

यस्तै, आरतीको खोजीका लागि उनकी बहिनी आर्जु र ज्वाइँ गोवा पुगेका थिए । आरतीको खोजीका लागि भन्दै उनका साथीले गोवा प्रहरीमा उजुरीसमेत दिएका थिए । यद्यपि उनी गोवामै एक जना विदेशी युवतीसँग सकशुल फेला परेकी परिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार ११:३०

लोकप्रिय