सूचनाको शक्ति - The Power Of Information

        

धनगढीका मेयर हमालकी छोरी भारतबाट बेपत्ता

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी भारतको गोवा राज्यबाट बेपत्ता भएकी छन् । केही महिनादेखि भारतको पर्यटकीयस्थलसमेत रहेको गोवामा ओशो साधना गर्दै आएकी उनी सोमबारबाट बेपत्ता भएकी हुन् ।

हमालका अनुसार सोमबारदेखि जोरबा वाइब आस्बिन पुलबाट छोरी सम्पर्कविहीन भएकी हुन् । छोरी हराएको खबरपछि हमालले खोजीका लागि सहयोग मागेका छन् ।

छोरीकै साथीबाट उनी हराएको खबर आएकाले गोवामा हुनेहरूलाई खोजीका लागि हमाले अपील गरेका छन् । हमालले जेठी छोरीको खोजीका लागि कान्छी छोरी आरजु र ज्वाइँलाई मंगलबार नै राति गोवा पठाएको बताएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार १७:३३

लोकप्रिय