२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

शेयर बजार १० अंकले बढ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत १३ गते मंगलबार

पछिल्लो समय लगातार घटिरहेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव १४ अंकले बढेर दुई हजार ४१ दशमलव ७० बिन्दुमा पुगेको हो ।

आज फाइनान्स, जीवन बीमा र व्यापारबाहेक अरू सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै सर्वोत्तम सिमेन्ट र दोल्ती हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन आज धौलागिरी लघुबित्तको शेयर साढे नौ प्रतिशतले घटेको छ । ६८ लाख ४२ हजार कित्ता शेयर दुई अर्ब ३५ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् ।

प्रकाशित मिति : २०८० चैत १३ गते मंगलबार