सूचनाको शक्ति - The Power Of Information

        

‘महाजात्रा’ को ‘साथी’ गीत सार्वजनिक (भिडिओ)

शुक्रबारदेखि प्रदर्शन भइरहेको फिल्म ‘महाजात्रा’ को दोस्रो गीत सार्वजनिक गरिएको छ।

मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘साथी’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा फणिन्द्र (विपीन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाइएको छ।

गीतमा शब्द हर्क साउद, संगीत तथा स्वर कालीप्रसाद बाँस्कोटाको रहेको छ। फिल्ममा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दिव्य देव, गौमाया गुरुङ, शिशिर वाङदेल, प्रकार घिमिरे, प्रविन खतिवडा, अर्जुनजंग शाही, अरविन खड्कालगायत कलाकारको अभिनय छ।

पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन्। षट्कोण आर्टस ब्यानरमा निर्माण भएको फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन्। फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन्।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार १६:५४

लोकप्रिय