सूचनाको शक्ति - The Power Of Information

        

म्याकुरीलाई कुट्ने शर्मिला वाइबा ३५ हजार धरौटीमा रिहा

आफूलाई सामाजिक अभियान्ता दाबी गर्ने शर्मिला वाइबा ३५ हजार धरौटीमा रिहा भएकी छिन् ।

हास्य कलाकार पवन खतिवडा (म्याकुरी)लाई  कुटपिट गरेको आरोपमा पक्राउ परेकी उनी धरौटीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले  जानकारी दिए ।

कुटपिट तथा अङ्गभङ्ग सम्बन्धी कसुरमा १० हजार र साइबर अपराध सम्बन्धी मुद्दामा २५ हजार गरी ३५ हजार रुपैयाँ धरौटी बुझाएर सोमबार रिहा भएकी हुन ।

कलाकार खतिवडाले कुटपिट गरेको उजुरी दिएपछि गत फागुन १६ गते सिन्धुपाल्चोकको बाह्रविसेबाट प्रहरीले वाइबालाई  पक्राउ गरेको थियो ।

पवन र उनकी पत्नी सुम्निमा खालिङबिच विवाद चलेका बेला  सुम्निमासँग मिलेर वाइबाले हातपात गरेको आरोप लागेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार १६:५०

लोकप्रिय