सूचनाको शक्ति - The Power Of Information

        

तस्करीमा डिआइजी पोखरेलको मौनता

मनमा नेपाली कांग्रेसको मन्त्र जपे पनि मधेश प्रदेशको प्रमुख हुने क्रममा प्रचण्डपुत्री गंगा दाहालको शरणमा पुगेका डिआइजी यज्ञविनोद पोखरेलले तराईका जिल्लामा हुने तस्करीमा मौनता साँधेका छन् । मधेश प्रदेशको कमाण्ड गरेको करिब एक महिना पुगिसक्दा पनि उनले सबै जिल्लाका प्रमुखलाई भेटेर निर्देशन दिन भ्याइसकेका छन् ।

उनी आफै पनि रौतहट जिल्ला प्रहरी कार्यालयको प्रमुख भएर राजधानी आएका थिए । त्यसपछि मधेश नपुगी एक पटक डिआइजीको रुपमा प्रदेश कमाण्ड गर्न गएका पोखरेललाई मधेशका सबै नाकाहरू जानकारी रहेकाले तस्करीबारे उनी मौन बसेका हुन् । निकै रस्साकस्सीमा मधेश प्रदेश पुगेका डिआइजी पोखरेललाई प्रहरी प्रधान कार्यालयले पनि नजिकबाट नियालिरहेको छ ।

सिरहा, सप्तरी, महोत्तरी, धनुषा र सर्लाहीमा यतिबेला प्रहरी प्रशासनकै मिलेमतोमा दैनिक लाखौंको राजस्व छली भइरहेको विषयमा प्रहरी प्रधान कार्यालयले मधेश प्रदेशका डीआईजी र सिरहाका एसपीलाई यथार्थ जानकारी गराउन निर्देशन दिएको भएपनि डिआइजी पोखरेल मौन रहेका छन् । पर्सामा कुमोध ढुंगेलले रातीको समयमा आफै गस्तीमा निस्कन थालेपछि डिआइजी पोखरेलले पर्सातिर पर्खेर पनि हेरका छैनन । अन्य जिल्लामा भने उनको ध्यान केन्द्रित भैरहेको स्रोतले जनाएको छ ।

सिरहामा प्रहरी प्रशासनकै मिलेमतोमा दैनिक लाखौंको राजस्व छली भइरहेको विषयले प्रहरी प्रधान कार्यालयमा चर्चा मात्र पाएको होइन, ठाडो उजुरीसमेत परेको थियो । सो विषयमा प्रहरी प्रधान कार्यालयले मधेश प्रदेशका डीआईजी र सिराहाका एसपीलाई यथार्थ जानकारी मागेको थियो । खासगरी सिरहाको गोलबजारस्थित मदिरा उत्पादक कम्पनी शारदा डिस्टिलरीले एउटै स्टिकरलाई दुई टुक्रा पारेर प्रयोग गरी राजस्व छली गरिरहेको भेटिएको थियो ।

यस्तो अवैध मदिरा सीमावर्ती क्षेत्रमा भण्डारण गर्ने र त्यसपछि भारत तस्करी गर्ने गरिएको पाइएको हो । सिरहामा प्रहरी प्रशासनकै मिलेमतोमा दैनिक लाखौंको राजस्व छली भइरहेको विषयमा डिआइजी पोखरेल किन मौन भन्ने प्रश्न प्रहरी प्रधान कार्यालयले गरेको छ । अवैध मदिरा भएकाले रातिको समयमा मात्रै उद्योगबाट मदिराको ट्रक निस्कने गरेको थियो । सिरहाका प्रहरी प्रमुख सन्तोष आचार्य बस्ने सिरहास्थित रहेको क्वाटरअगाडि हुँदै तस्करी हुने गरेको उजुरी प्रहरी प्रधान कार्यालयमा परेको छ ।

सीमावर्ती बजार सिरहा नगरपालिका १५, माडरस्थित आशिष जनरल स्टोरमा र त्यस गोदाममा राखेर तस्करी गर्ने गरिएको स्रोतको दाबी छ । स्रोतका अनुसार मदिराका बोतलमा अधिकांश टुक्रा पारेर राजस्वको स्टिकर टाँस गरिएको छ । सरकारी संयन्त्रकै मिलेमतोमा उद्योगले दैनिक लाखौं राजस्व छली र मदिरा भारत तस्करी गरिरहेको विषयमा प्रहरी प्रशासनको मिलेमतोमै हो कि भन्ने शंकालाई बल पुगेको छ ।

स्रोत : दृष्टिन्यूज
प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार १३:४३

लोकप्रिय