नेपाली बजारमा आज सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार ४०० रुपैयाँ र तेजावी सुन १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँ र तेजावी सुनको भाउ तोलाको १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैबीच, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो चाँदीको भाउ प्रतितोला १५ सय १५ रुपैयाँ कायम रहेको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ