गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् ।
उनले आगामी वैशाख ५ गते सापकोटासँग विवाह गर्न लागेकी हुन् ।
विवाहको तयारीमा आफू लागेको उनले बताएकी छन् । बागलुङ निवासी सापकोटा गीतकार पनि हुन् । उनी अस्ट्रेलियामा बस्दै आएका छन् ।
करिब एक वर्ष अगाडि तीजमा सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया जाँदा एलिनाले विष्णुलाई भेटेकी थिइन् । त्यसको केही समयपछि उनीहरूको अफेयर्स मिडियामा आएको थियो ।
दुवैले प्रेम खुला रूपमा स्वीकार गर्दै विभिन्न भिडियो समेत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । त्यसपछि उनीहरूबिच ब्रेकअपको हल्ला पनि चलेको थियो । उनले नै त्यो प्रेम अव सम्झन चाहन्न भन्दै अभिव्यक्ति दिएकी थिइन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ