म्याच फिक्सिङको आरोप लागेका क्रिकेटर महबुब आलम र आदिल आलम अन्सारीसहित ५ जनालाई अदालतले सफाइ दिएको छ ।
उनीहरुले नेपाल टी–२० लिगमा स्पट फिक्सिङको आरोपबाट सफाई पाएका हुन् । काठमाण्डौ जिल्ला अदालतले हिजो सबैलाई सफाइ दिएको हो ।
न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले आरोपमा दाबी नपुग्ने भन्दै स्पट फिक्सिङको आरोपबाट सफाइ दिएको फैसला सुनाएको छ । गएको वर्ष स्पट फिक्सिङ गरेको आरोप लागेपछि आदिल नेपाली टोली र घरेलु क्रिकेटबाट प्रतिबन्धमा थिए । अब उनी टोलीमा फर्कन सक्ने भएका छन् ।
अनुसन्धानको क्रममा सीआइबीले १२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । कार्यालयले महबुब आलम, आदिल अन्सारी, नितेश गुप्ता, नवीन कँडेल र रवि माझी गरी ५ जनालाई मात्रै मुद्दा दर्ता गरेको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ