सूचनाको शक्ति - The Power Of Information

        

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३२ हजार २२६ पुग्यो

 गाजामा इजरायलको जारी हमलामा हालसम्म ३२ हजार २२६ प्यालेस्टाइनीको मृत्यु भएको छ । ७४ हजार ५१८ जना घाइते भएका छन् ।

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या झनै बढिरहेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सेना र शिन बेट सुरक्षा सेवाले अल–शिफा अस्पताल क्षेत्रमा लडाइँ जारी राखेको छ । इजरायलले यसअघि पनि सो अस्पताललाई निसाना बनाएर आक्रमण गरेको थियो ।

हमासले यसलाई कमान्ड सेन्टरका रूपमा प्रयोग गरेको र कम्प्लेक्समुनि भूमिगत सुरुङमा हतियार र लडाकु लुकाएको इजरायलको दाबी छ ।

इजरायल र हमासबीच सन् २०२३ अक्टोबर ७ देखि युद्ध सुरु भएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार १०:५४

लोकप्रिय