सूचनाको शक्ति - The Power Of Information

        

होली खेलिसकेपछि ग्याङ फाइट, दुई युवकको मृत्यु

ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भएको छ । गएराती ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीमा दुई पक्षबीच झडप हुँदा दुई जनाको मृत्यु भएको हो ।

झडपमा परी सुनसरी घर भई ढोलाहिटी करिब २८ वर्षीय रोबर्ट राई र ३० वर्षीय पुजन राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनीहरूमाथि शरीरमा छुरा प्रहार भएको छ ।

राति करिब ११ बजे घाइते भएका दुवैजनालाई अस्पताल लगेपछि मात्रै प्रहरीलाई जानकारी भएको थियो । उक्त खबरपछि प्रहरीले राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार ०७:५८

लोकप्रिय