सूचनाको शक्ति - The Power Of Information

        

तराईमा भोलि होली

नेपाली कांग्रेस बाँकेद्वारा होलीको अवसरमा शुभकामना ब्यक्त

हिमाली र पहाडी क्षेत्रमा आज होली

नेपाली कांग्रेस बाँकेले होली पर्वको अवसरमा शुभकामना दिएको छ ।

कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीले आज एक शुभकामना सन्देश जारी गर्दै आपसी सद्भाव, खुसी र उमंग साटासाट गरेर मनाइने होली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेका हुन् ।

यस्ता चाडपर्वले आपसी मनमुटाव मेटाउन सहयोग पुग्ने उल्लेख गर्दै सन्देशमा सबै समुदायबीच पारस्परिक एकता, भाइचारा, सौहार्दता र सहकार्य अभिबृद्धिमा होलीले सार्थक भूमिका खेल्ने विश्वास ब्यक्त गरिएको छ ।

हिमाली र पहाडी क्षेत्रमा आज होली मनाइएको छ भने तराईमा भोलि मनाइँदैछ ।

May be an image of text

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतवार १९:०३

लोकप्रिय