सूचनाको शक्ति - The Power Of Information

        

विश्व क्षयरोग दिवस : नेपालगञ्जमा र्याली

 विश्व क्षयरोग दिवसको अवसरमा नेपालगञ्जमा र्याली निकालिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिका र विभिन्न संघसंस्थाहरूको समन्वयमा आयोजित र्यालीमा स्वास्थ्यकर्मी र सरोकारवालाहरुको उपस्थिति थियो ।

स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीको अध्यक्षतामा भेरी अस्पतालबाट सुरू भएको र्याली नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अगाडि पुगेर समापन भएको क्षयरोग फोकल पर्सन रविन्द्र कुमार साहले बताए ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख रामबहादुर चन्द लगायतले मन्तव्य ब्यक्त गरेका थिए । बक्ताहरुले क्षयरोग नियन्त्रणका लागि जनचेतना र परीक्षण आवश्यक रहेको बताए । बाँकेमा चालू आर्थिक बर्षको हालसम्म ५३९ जना क्षयरोगी थपिएको क्षयरोग फोकल पर्सन साहले जानकारी दिनुभयो ।

क्षयरोगमध्ये सबैभन्दा बढी ८५ प्रतिशत क्षयरोग फोक्सोको हुने गरेको छ । लगातार दुई हप्ता बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुने लक्षण क्षयरोगको हुनसक्ने चिकित्सकहरु बताउँछन् ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतवार १४:५६

लोकप्रिय