सूचनाको शक्ति - The Power Of Information

        

५६ जिल्लामा सार्वजनिक विदा

आइतबार उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हर्षोल्लासका साथ फागु अर्थात होली पर्व मनाइँदैछ ।  होली पर्वका लागि आज सरकारले पहाडी र हिमाली क्षेत्रका ५६ जिल्लामा सार्वजनिक विदा दिएको छ ।

तराईका २१ जिल्लाहरू झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा भने सोमबार मात्रै होली पर्व मनाइन्छ ।

ती जिल्लामा सोमबार बिदा दिइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतवार ०८:५५

लोकप्रिय