सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

अझै तीन दिन वर्षाको सम्भावना, आज कहाँ-कहाँ पानी पर्छ ?

नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव छ । त्यसको प्रभावले बुधबार देशको मध्यदेखि पूर्वसम्म वर्षा भयो ।

त्यस्तै पश्चिम क्षेत्रमा पनि बदली र छिटपुट वर्षा भयो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै तीन दिनसम्म वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोशी प्रदेशका केही स्थानहरूमा, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।

राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार ०७:४२

लोकप्रिय